२१ जेठ २०८३, बिहीबार

खेल्दै गरेका १८ महिने बालकलाई टिप्परले ठक्कर दिएर मार्‍यो

चैत १, २०७६
खेल्दै गरेका १८ महिने बालकलाई टिप्परले ठक्कर दिएर मार्‍यो
प्रतिकात्मक तस्वीर

भक्तपुरको चाँगुनारायण–९ स्थित जय ब्रम्हायणी इँटाभट्टामा खेल्दै गरेका डेढ वर्षीय बालकलाई इँट्टाभट्टामा माटो बोक्ने बा५ख ७९७१ नम्बरको मिनीटिप्परले ठक्कर दिएर मारेको छ ।

मृत्यु हुनेमा सर्लाही जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानका १८ महिने छोरा शिशिर मोक्तान रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

मध्यपुर अस्पताल ठिमी पुर्‍याउने क्रममा बालकको मृत्यु भएको जनाइएको छ ।

प्रहरीले सवारीसाधन र सवारी चालक भक्तपुर नगरपालिका–९ च्यामासिं बस्ने ४० वर्षीय श्याम फैजुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्