काठमाडौं, ७ वैशाख– स्थानीय चुनावको मिति नजकिँदै गर्दा सत्तारुढ दल नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीयल) फेरि सक्रिय भएको छ ।
वाइसीयलको केन्द्रीय कार्यालयको बैठकले चुनाव केन्द्रित गतिविधिका लागि सक्रियतापूर्वक लाग्ने निर्णय गरेको हो । बैठकले बैशाख ९, १० र ११ गते गर्ने निर्णय भएको एकताको सम्मेलन चुनाबका कारण जेठ १५, १६ र १७ गते काठमाडौंमा गर्ने पनि निर्णय गरेको छ ।
वाइसीयलले स्थानीय चुनावमा पार्टी (माओवादी)लाई जिताउन ‘गाउँ गाउँमा सरकार, घर घरमा रोजगार’ को नारा सहित सँगठन विभाग प्रमुख दिपशिखाको नेतृत्वमा १५५५ सदस्यीय युवा निर्वाचन परिचालन समिति समेत गठन गरेको छ ।
वाइसीयलले स्थानीय चुनावमा बुथ, मतदाता तथा उम्मेदवारको सुरक्षाका लागि भन्दै ‘वान बुथ १०० युथ’ अभियान अन्तर्गत एक मतदान केन्द्रमा आफ्ना १०० जना कार्यकर्तालाई परिचालन गर्ने पनि जनाएको छ ।