२१ जेठ २०८३, बिहीबार

जब दुई टिप्पर एकआपसमा जुधे, १ जनाको मृत्यु, १ गम्भीर घाइते

चैत १, २०७६
जब दुई टिप्पर एकआपसमा जुधे, १ जनाको मृत्यु, १ गम्भीर घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा शनिवार दिउँसो २ टिप्पर एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।  

देवदह–९ घोडाहा जंगल क्षेत्रमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरको गरेको लु१क २५८४ नम्बरको टिप्पर र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख १२१८ नम्बरको टिप्पर एकआपसमा ठोक्किँदा रुपन्देही मायादेवी गाउँपालिका–४ गुन्डीकी ३५ वर्षीया सुनिता चौधरीको मृत्यु भएको हो । 

उनी दुर्घटनामा परेको लु१क २५८४ नम्बरको टिप्परमा सवार थिइन् । चालक लुम्बिनी सांस्कृतिक नगरपालिकाका ३७ वर्षीय कमलेशकुमार यादव घाइते भएका प्रहरीले जनाएको छ । अर्का टिप्पर चालक फरार रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्