२७ जेठ २०८३, बुधबार

डेरी उद्योगमा आगलागी हुँदा ७० लाख बढीको क्षति

चैत १, २०७६
डेरी उद्योगमा आगलागी हुँदा ७० लाख बढीको क्षति
File Photo

इलामको देउमाई नगरपालिका–४ स्थित मङ्गलबारे बजार नजिकै एक डेरी उद्योगमा आगलागी हुँदा ७० लाख माथिको क्षति भएको छ।

 मङ्गलबारे बजारको तल्लो बुधबारेमा रहेको गजुरमुखी दर्शन डेरी उद्योगमा आगलागी हुँदा सो क्षति भएको हो। आगलागीबाट दुध पेल्ने मेसिन, घ्यु, छुर्पी लगायतका सामान जलेर नष्ट हुँदा क्षति भएको वडाध्यक्ष राजेन्द्र बाँस्तोलाले जानकारी दिए। आगलागी दिउँसो ३ः०० बजेदेखि शुरु भएको थियो ।  

स्थानीय अशेष बुढाथोकीले सञ्चालन गर्नु भएको सो डेरी उद्योगमा आगलागी नियन्त्रण भइसकेको छ। प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको स्थानीय प्रकाश खनालले बताए। नगरपालिकामा दमकल नहुँदा इलाम नगरपालिकाको दमकल पठाइएको थियो । स्थानीय तहले दमकल खरिद गर्नुपर्ने स्थानीय खनालको माग छ। टाढाको दमकल लैजानुभन्दा नजिकै दमकल भई दिएको भए क्षति कम हुन सक्ने उहाँको भनाइ छ। 

उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। साथै प्रारम्भिक चरणको अनुमानबाट सो क्षति भएको बताइए पनि उद्योगका प्रोप्राइटर जिल्लाबाहिर रहेकाले एकीन विवरण आउन बाँकी रहेको छ। 

salt training

कमेन्ट गर्नुहोस्