३१ असार २०८३, बुधबार

कोरोनाको संक्रमण मुलुकमा हुनै नदिने सरकारको रणनीति

चैत ३, २०७६
कोरोनाको संक्रमण मुलुकमा हुनै नदिने सरकारको रणनीति

विश्वका १ सय ४१ मुलुकमा फैलिसकेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण मुलुकमा प्रवेश हुनै नदिने र सँगसँगै नागरिकमा जनचेतना बढाउने रणनीति सरकारले लिएको छ । 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्इक्षतामा प्रदेश मुख्यमन्त्रीसहित आइत्वार बसेको नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना निगरानी र क्वारेन्टाइनको व्यवस्था प्रधावकारी बनाउँदै एकीकृत ढंगले कोरोनाविरुद्ध लड्ने प्रतिबद्धता बैठकमा जनाइएको थियो । 

कोरोना रोकथाम र नियन्त्रण रणनीति तयार गर्न आइतवार बसेको बैठकमा पाँचवटा प्रदेशका मुख्यमन्त्रीको समेत उपस्थिती रहेको थियो । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्