२२ जेठ २०८३, शुक्रबार

कोरोना डरले सपिङमा एन्जोलिना

चैत ४, २०७६
कोरोना डरले सपिङमा एन्जोलिना

हलिउड अभिनेत्री एन्जोलिना जोलीलाई पनि कोरोना भाइरसले चिन्तित बनाएको छ। हालै एन्जोलिना आफ्नी छोरी विवियनका साथ सपिङ गर्दै भीडभाड बजारमा देखिइन्।

हलिउड लाइफ वेभसाइटका अनुसार उनी कोरोना फैलिए घरमै थुनिनुपर्ने डरले आवश्यक सपिङ गर्दै छन्।

एन्जोलिना छोरीसँग लस एन्जलसस्थित ग्रोसरी सपमा लेजन्स नेचुरल फुड र भिटामिनलगायतका सामान किन्दै गरेको भेटिएकी थिइन्। फोटोग्राफरहरूले पछ्याउँदै गरेको तस्बिरमा आमाले छोरीको हातमा ग्रोसरीले भरिएको दुई ठूलो थैलो समातेकी छन्। विवियन, एन्जोलिना र नायक ब्राड पिटकी छोरी हुन्। एन्जोलिना र ब्राड दम्पती सन् २०१६ मा सम्बन्धविच्छेद गरेका थिए।

एन्जोलिनाका सबैभन्दा ठूला छोरा मेडक्स दक्षिण कोरियास्थित एक कलेजमा अध्ययनरत छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्