२८ जेठ २०८३, बिहीबार

कोरोनाविरुद्धको खोप परीक्षणका सहभागी भन्छन् - आपतकालमा जसले जे गर्न सक्छ त्यही गर्ने हो

कोरोनाविरुद्धको खोप परीक्षणका सहभागी भन्छन् - आपतकालमा जसले जे गर्न सक्छ त्यही गर्ने हो

संयुक्त राज्य अमेरिकाका खोजकर्ताहरूले विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भनिने कोभिड १९ को खोप परीक्षण गरेका छन् । सोमवार तयार भएका ४५ स्वयंसेवीमध्ये चार जनामा सोमवार पहिलो चरणको खोप लगाएर परीक्षण शुरू गरिएको हो ।

उक्त खोप आफूमाथि प्रयोग गर्न ४५ जना स्वस्थ स्वयंसेवी तयार भएका थिए । सिएटलको वाशिंगटन स्वास्थ्य अनुसन्धान संस्थानमा भइरहेको यस परीक्षणलाई अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थानहरूले आर्थिक सहयोग गरिरहेका छन् ।

संस्थानका एक अधिकारीले आफ्नो नाम प्रकाशित नगर्ने शर्तमा सोमवारबाट परीक्षण शुरू गरिएको खुलासा गरेका हुन् । चार स्वस्थ स्वयंसेवकहरूको पाखुरामा सावधानीपूर्वक खोप लगाएर परीक्षण शुरू गरिएको हो ।

'हामी अब कोरोना भाइरस टीम भएका छौं,' परीक्षण गरिएकामध्ये एक स्वयंसेवीले भने, 'आपतकालमा जसले जे गर्न सक्छ त्यो गर्ने हो, हामीले यही गर्यौं ।'

सार्वजनिक स्वास्थ्य अधिकारीहरूले कुनै पनि सम्भावित खोप पूर्ण रूपमा मान्य हुने गरी प्रयोगमा ल्याउने एक वर्षसम्म लाग्ने लाग्ने बताउँछन् ।

खोप परीक्षणबाट स्वयंसेवकहरू संक्रमित हुने कुनै सम्भावना नरहेको बताइएको छ । 'खोपले कुनै चिन्ताजनक साइड इफेक्ट देखाउँदैन, ठूला परीक्षणको लागि सानो चरण पार गर्न यो परीक्षण सम्पन्न गर्न लागिएको हो,' एक अधिकारीले बताए ।

अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पले द्रुत गतिमा खोपको विकास गर्न जोड दिइरहेका छन् । केही दिनअघि उनले भनेका थिए, 'कोरोनाविरुद्धको खोप तयार गर्ने काम धेरै छिटो अघि बढिरहेको छ ।'

salt training

कमेन्ट गर्नुहोस्