
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टे (नेकपा) स्याङ्जा जिल्ला कमिटीले किसानहरूलाई असिनापानीले गम्भीर क्षति पुर्याएको भन्दै क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।
नेकपा स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैरे 'पारस'ले मंगलवार एक विज्ञप्तिमार्फत् चैत्र १ गते राति परेको अविरल वर्षा र असिनाले स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका, आँधिखोला गाउँपालिका र आसपासका क्षेत्रमा तरकारी खेति, नगदेबाली, फलफूलका बिरुवाहरू र पशुपन्छीहरूमा गम्भीर क्षति पुर्याएको बताएका छन् ।
'फेदीखोला गाउन्पालिकाको वडा नम्बर ४,३,२ र १ मा अत्याधिक क्षति पुगेको छ,' अध्यक्ष पारसले विज्ञप्तिमा उल्लेख गरेका छन्, 'यस प्राकृतिक विपत्तिमा त्यस क्षेत्रका किसानहरूले करोडौंको हानी नोक्सानी व्यहोर्नुपरेको छ ।'
उनले यस विपत्तिमा स्याङ्जा जिल्ला पार्टीले गम्भीर दुख प्रकट गरेको भन्दै सम्पूर्ण पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति यथाशीघ्र उपलब्ध गराउनका लागि स्थानीय सक्रकार, प्रदेश सरकार र संघीय सरकार समक्ष जोडदार माग गरेका छन् ।
