
काठमाडौं, ७ वैशाख — अमेरिकाकी गायिका तथा गीतकार केटी पेरीले आफ्नो मूड देखाउनका लागि इन्स्टाग्राममा काली भगवतीको फोटो पोस्ट गरेपछि विवाद जन्मिएको छ ।

मूड खराब भएको जनाउन उनले शिवजीलाई टेकेको महाकालीको तस्वीर पोस्ट गरेकी थिइन् । त्यसपछि हिन्दूहरूले उनीमाथि देवीको अपमान गरेको भनेर कडा टिप्पणी गरे ।
करेन्ट मूड भन्दै आफ्नो दिमागमा आगो बलिरहेको देखाउनका लागि केटीले देवीको तस्वीर प्रयोग गरेकी थिइन् ।
प्रतिक्रियास्वरूप हिन्दू देवीदेवताको मजाक उडाएको भन्दै इन्स्टाग्राम प्रयोगकर्ता हिन्दूहरूले उनलाई सरापे ।

धर्मको विषयलाई हल्का रूपमा लिनु केटीको भूल साबित भयो ।
एजेन्सी