२४ जेठ २०८३, आइतबार

ओली–प्रचण्ड भेटपछि नेकपाले बोलायो सचिवालय बैठक

ओली–प्रचण्ड भेटपछि नेकपाले बोलायो सचिवालय बैठक
फाइल फोटो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ ।

मंगलवार दिउँसो नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफलपछि बुधवार अपराह्न ४ बजे बैठक बोलाएको हो ।

ओलीको मिर्गाैला प्रत्यारोपणपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको छ । यसअघि बसेको सचिवालय बैठक ओलीको स्वास्थ्य लाभको कामना गर्दै सकिएको थियो । त्यसपछि ओली अस्पताल भर्ना भएका थिए ।

फागुन १४ गते बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने भनी गरेको निर्णय कार्यान्वयन नगर्ने ओलीको अडानपछि नेकपाभित्र देखिएको विवाद यथावत नै छ । विवाद नसल्टाइ प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका थिए । 

फागुन १८ गते बसेको सचिवालय बैठकमा ओलीले आफूले मिर्गौला प्रत्यारोपण गर्न लागेको भन्दै स्वास्थ्य लाभको कामना गर्न आग्रह गरेका थिए । त्यसयता नेकपा सचिवालय बैठक बस्न सकेको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्