०८ असार २०८३, सोमबार

स्वास्थ्यकर्मीकै उपस्थितिमा एसइई हुँदै

चैत ५, २०७६
स्वास्थ्यकर्मीकै उपस्थितिमा एसइई हुँदै

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) यही चैत छ गते (बिहीबार) बाट शुरू हुँदै छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासका बीच हुन गईरहेको उक्त परीक्षा अगामी चैत १७ गते सकिने छ ।

परीक्षालाई मर्यादित व्यबस्थित तरिकाले सञ्चालन गर्न आवश्यक सबै तयारी पुरा भएको सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले जनाएका छन् ।

सबै परीक्षा केन्द्रहरुमा स्वास्थ्यकर्मीको व्यवस्था सहित स्वास्थ्य सहायता कक्ष स्थापना गरिने जनाइएको छ । यस पटकको एसइई परीक्षामा प्रदेश १ का १४ जिल्लाबाट ८४ हजार १०६ जना परीक्षार्थी सहभागी हुने प्रदेश शिक्षा विकास निर्देशनालय धनकुटाले जनाएको छ ।

सामाजिक विकास मन्त्रालय शैक्षिक योजना महाशाखा प्रमुख दिव्यराज कट्टेलका अनुसार प्रदेश १ मा ३७५ वटा परीक्षा केन्द्रमा ३७५ केन्द्राध्यक्षसहित ५४२ सहायक केन्द्राध्यक्ष तोकिएका छन् । त्यस्तै परीक्षा केन्द्रको सुरक्षार्थ प्रत्येक परीक्षा केन्द्रमा १५ जना सुृरक्षाकर्मी परिचालन गरिने छन् । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्