२३ जेठ २०८३, शनिबार

हिजो दिनभर : प्रदेश २ को न्वारन हुन सकेन, नेकपाले बोलायो सचिवालय बैठक

हिजो दिनभर : प्रदेश २ को न्वारन हुन सकेन, नेकपाले बोलायो सचिवालय बैठक

४ चरणको मतदानपछि पनि कुनै नाम पाउन नसकेको प्रदेश नम्बर २ मा केहीबेरमा राजधानी टुंगो लगाउन मतदान हुँदैछ ।

मंगलवार प्रदेश २ का लागि प्रस्तावित चार वटै नामहरू अस्वीकृत भएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारवटै ठूला दलहरूले फरक फरक नाम प्रस्ताव गरेका थिए ।

नेपाली कांग्रेसले 'मिथिला भोजपुरा', नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले 'जानकी' र सरकारमा सहभागी समाजवादी र राजपाले संयुक्त रूपमा 'मधेश' नाम प्रस्ताव गरेका थिए ।

नेपाली कांग्रेसबाटै 'मध्यप्रदेश' नामको बागी प्रस्ताव पनि परेको थियो, त्यो पनि अस्वीकृत भयो ।

सबै नामहरू सभामुख सरोजकुमार यादवले निर्णयार्थ प्रस्तुत गरेका थिए । तर आवश्यक दुईतिहाइ मतको अभावमा कुनै पनि नाम पारित हुन सकेनन् ।

यससँगै तत्कालका लागि प्रदेश नम्बर २ नै नाम रहने भएको छ । पछि राजनीतिक सहमतिका आधारमा नाम तय गरिने त्यहाँ उपस्थित नेताहरूले बताएका छन् ।

केही बेरमा राजधानीका लागि मतदान हुने कार्यक्रम रहेको त्यहाँ उपस्थित लोकान्तरका प्रदेश २ प्रतिनिधि अजय अनुरागीले बताएका छन् ।

राजधानीका लागि चार वटै दलले संयुक्त रूपमा ‘जनकपुरधाम’ प्रस्ताव गरेका छन् । प्रदेशको नाम टुंगो नलागेपछि सहमतिमा गरिएको राजधानीको प्रस्ताव पनि तुहिने सम्भावना रहेको छ ।

ओली–प्रचण्ड भेटपछि नेकपाले बोलायो सचिवालय बैठक

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ ।

मंगलवार दिउँसो नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफलपछि बुधवार अपराह्न ४ बजे बैठक बोलाएको हो ।

ओलीको मिर्गाैला प्रत्यारोपणपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको छ । यसअघि बसेको सचिवालय बैठक ओलीको स्वास्थ्य लाभको कामना गर्दै सकिएको थियो । त्यसपछि ओली अस्पताल भर्ना भएका थिए ।

फागुन १४ गते बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने भनी गरेको निर्णय कार्यान्वयन नगर्ने ओलीको अडानपछि नेकपाभित्र देखिएको विवाद यथावत नै छ । विवाद नसल्टाइ प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका थिए । 

फागुन १८ गते बसेको सचिवालय बैठकमा ओलीले आफूले मिर्गौला प्रत्यारोपण गर्न लागेको भन्दै स्वास्थ्य लाभको कामना गर्न आग्रह गरेका थिए । त्यसयता नेकपा सचिवालय बैठक बस्न सकेको थिएन ।

अब ३ हप्तासम्म स्कूलले प्रवेश परीक्षा लिन नपाउने, रिजल्ट लिन समेत विद्यार्थी नबोलाउन अपिल

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा ९ सम्मको परीक्षा सम्पन्न भएपछि पर्सिबाट ३ हप्तासम्म विद्यार्थी भर्ना, प्रवेश परीक्षा, आम भेलालगायतका कुनैपनि गतिविधि नगर्न विद्यालयहरूलाई निर्देशन दिएका छन् ।

यद्यपि एसईई परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुने मन्त्री पोखरेलले मंगलवार जारी गरेको अपिलमा उल्लेख छ ।

मन्त्री पोखरेलले अपिलमार्फत भोलि (चैत ५ गते) कक्षा ९ सम्मको परीक्षा सम्पन्न भएपछि ३ हप्तासम्म अध्ययन/अध्यापन, सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आमभेला नगर्न अपिल गरेका छन् ।

चैत ६ गतेदेखि ३ हप्तासम्म कक्षा ९ सम्मका विद्यार्थीलाई पूर्ण छुट्टि दिन निर्देशन दिइएको मन्त्री पोखरेलले लोकान्तरलाई बताए ।

उनका अनुसार यो ३ हप्ता सबै निजी तथा सरकारी स्कूलले अध्ययन/अध्यापन गराउन पाउने छैनन् र विद्यार्थीहरूलाई पूर्णरूपमा छुट्टि दिनुपर्नेछ ।

अभिभावक भेला, प्रवेश परीक्षा आदिका नाममा पनि विद्यार्थीलाई बोलाउन पाइने छैन ।

यसबीचमा विद्यालय जाने उमेरका करीब ७० लाख विद्यार्थी घरभित्रै रहने मन्त्री पोखरेलले अपिलमा उल्लेख गरेका छन् ।

'एसईई परीक्षा सञ्चालन हुन्छ, अरू सबै स्कूल बन्द गर्ने भनेको हो,' अपिलबारे प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले लोकान्तरसँग भने, 'कक्षा ९ सम्मको परीक्षा भोलिसम्ममा सम्पन्न गर्न भनिसकिएको थियो, यसबीचमा अभिभावक भेला, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा लगायतका नाममा भीडभाड हुने कुनै गतिविधि नहोस् भनिएको हो ।'

'विशिष्ट परिस्थितिमा शैक्षिक संस्था बन्द गर्ने हो, बुझ्नुस् ३ हप्ताका लागि स्कूल बन्द भनिएको हो,' मन्त्री पोखरेलले थपे ।

सर्वाेच्चलाई बारको अपिल : कम्तिमा १ महिना अत्यावश्यकबाहेक अदालत बन्द गर्नु !

नेपाल बार एशोसिएशनले अत्यावश्यकबाहेक १ महिना अदालत बन्द गर्न सर्वाेच्च अदालतसामु अपिल गरेको छ ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न अदालतमा पर्याप्त उपाय र स्वास्थ्यकर्मी नभएको जनाउँदै बारले न्यायाधीश, कानून व्यवसायी र सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै अदालत बन्द गर्न अपिल गरेको हो ।

बारका महासचिव लीलामणि पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘सर्वाेच्च अदालत तथा मातहत अदालतको भौतिक अवस्था एवं स्वास्थ्य सम्बन्धी उपलब्ध सेवा तथा प्रविधिको अनुपलब्धता समेतको अवस्थाले अदालतबाट प्रवाह हुने सेवामा केही सीमितता ल्याई सेवाग्राहीको भीडभाडलाई कम गराई संक्रमणको सम्भावनालाई न्युज गर्ने उपाय अवलम्बन गर्नुपर्ने टड्कारो आवश्यकता महसूस भएको छ । अतः मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर भई कम्तिमा एक महिनाका लागि अदालतमा सेवाग्राही र कानून व्यवसायीहरू समेतको उपस्थिति न्युज हुने किसिमबाट अदालतबाट नियमित प्रवाह हुने सेवामा केही कटौती गरी अदालतले कार्यसूची प्रकाशन गर्न र सेवाग्राही, कानून व्यवसायी, कर्मचारी, सुरक्षाकर्मी एवं माननीय न्यायाधीशज्यूहरूको नियमित जाँच परीक्षण गरेर मात्र सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन ।’

शिक्षामन्त्रीले लोकान्तरसँग भने– एसईई सञ्चालन हुन्छ, ३ हप्ता अरू विद्यार्थीलाई छुट्टि

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा ९ सम्मको परीक्षा सम्पन्न भएपछि पर्सिबाट ३ हप्तासम्म विद्यार्थी भर्ना, प्रवेश परीक्षा, आम भेलालगायतका कुनैपनि गतिविधि नगर्न विद्यालयहरूलाई निर्देशन दिएका छन् ।

यद्यपि एसईई परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुने मन्त्री पोखरेलले मंगलवार जारी गरेको अपिलमा उल्लेख छ ।

मन्त्री पोखरेलले अपिलमार्फत भोलि (चैत ५ गते) कक्षा ९ सम्मको परीक्षा सम्पन्न भएपछि ३ हप्तासम्म अध्ययन/अध्यापन, सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आमभेला नगर्न अपिल गरेका छन् ।

चैत ६ गतेदेखि ३ हप्तासम्म कक्षा ९ सम्मका विद्यार्थीलाई पूर्ण छुट्टि दिन निर्देशन दिइएको मन्त्री पोखरेलले लोकान्तरलाई बताए ।

उनका अनुसार यो ३ हप्ता सबै निजी तथा सरकारी स्कूलले अध्ययन/अध्यापन गराउन पाउने छैनन् र विद्यार्थीहरूलाई पूर्णरूपमा छुट्टि दिनुपर्नेछ ।

अभिभावक भेला, प्रवेश परीक्षा आदिका नाममा पनि विद्यार्थीलाई बोलाउन पाइने छैन ।

यसबीचमा विद्यालय जाने उमेरका करीब ७० लाख विद्यार्थी घरभित्रै रहने मन्त्री पोखरेलले अपिलमा उल्लेख गरेका छन् ।

'एसईई परीक्षा सञ्चालन हुन्छ, अरू सबै स्कूल बन्द गर्ने भनेको हो,' अपिलबारे प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले लोकान्तरसँग भने, 'कक्षा ९ सम्मको परीक्षा भोलिसम्ममा सम्पन्न गर्न भनिसकिएको थियो, यसबीचमा अभिभावक भेला, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा लगायतका नाममा भीडभाड हुने कुनै गतिविधि नहोस् भनिएको हो ।'

'विशिष्ट परिस्थितिमा शैक्षिक संस्था बन्द गर्ने हो, बुझ्नुस् ३ हप्ताका लागि स्कूल बन्द भनिएको हो,' मन्त्री पोखरेलले थपे ।

स्कूल बन्द किन लेखिएन ?

एसईई परीक्षा सञ्चालन हुने भएकाले विद्यालय बन्द भन्ने भाषा अपिलमा प्रयोग नगरिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले लोकान्तरसँग जनाए ।

'एसईई सञ्चालन हुने भएकाले विद्यालय बन्द नभनिएको हो, त्योबाहेक प्रवेश परीक्षा, अभिभावक दिवस, नतिजा प्रकाशन तथा घोषणा कार्यक्रम, तयारी परीक्षा सञ्चालन, वनभोज, पुरस्कार वितरण कार्यक्रम लगायत कुनैपनि शैक्षिक कार्यक्रम गर्न पाइने छैन,' प्रवक्ता शर्माले लोकान्तरसँग भने ।

नेकपाका दुई अध्यक्षबीच भेटवार्ता, प्रचण्ड १ घण्टादेखि बालुवाटारमा

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री ओलीको मिर्गौला पुन:प्रत्यारोपणपछि ओली र प्रचण्डबीच भएको यो पहिलो राजनीतिक भेटवार्ता हो ।

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएपछि प्रचण्डले एकपटक भेटेर स्वास्थ्यलाभको कामना गरेका थिए, त्यतिबेला राजनीतिक विषयमा कुराकानी भएको थिएन ।

अध्यक्ष प्रचण्ड झण्डै एक घण्टादेखि बालुवाटारमा रहेको उनका प्रेस संयोजक विष्णु सापकोटा जुगलले लोकान्तरलाई जानकारी दिए ।

मिर्गौ प्रत्यारोपण गरेर शुक्रवार बालुवाटार फर्केपछि ओलीले नेकपा महासचिव विष्णु पौडेल लगायत केही नेतासँग भेटेका थिए ।

ओली आइतवार सार्क राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँगको भिडियो कन्फ्रेन्समा पनि सहभागी भए । भिडियो कन्फ्रेन्समा सहभागी हुन उनी सिंहदरबार पुगेका थिए ।

फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने भनी गरेको निर्णय कार्यान्वयन नगर्ने ओलीको अडानपछि नेकपाभित्र देखिएको विवाद यथावत छ ।

उक्त विवाद नसल्टाइ प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका थिए । अस्पतालबाट फर्किसकेपछि भएको दुई अध्यक्षबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

फागुन १८ गते बसेको सचिवालय बैठकमा ओलीले आफूले मिर्गौला प्रत्यारोपण गर्न लागेको भन्दै स्वास्थ्यलाभको कामना गर्न आग्रह गरेका थिए । त्यसयता नेकपा सचिवालय बैठक बस्न सकेको छैन । 

ओली र प्रचण्डबीचको भेटपछि नेकपा सचिवालय बैठकको मिति निर्धारण हुने अपेक्षा गरिएको छ ।

प्रचण्डले सचिवालयको निर्णय ओलीले मान्नैपर्ने बताउँदै आएका छन् ।

कोरोनाको डरले अन्तर्राष्ट्रिय उडानमा भारी कटौती, फुर्सदमा त्रिभुवन विमानस्थल

कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा भारी कटौती भएको छ । विश्वव्यापीरूपमा कोरोनाको सङ्क्रमण फैलिएपछि नेपालबाट दुवैतर्फी उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले आफ्नो उडानमा कटौती गरेका हुन् ।

पछिल्ला दिनमा दिनहुँजसो अन्तर्राष्ट्रिय उडानमा कटौती भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए । उनका अनुसार विमानस्थलमा सामान्य अवस्थामा अन्तर्राष्ट्रियतर्फ दैनिक ४५ देखि ५० उडान हुने गरेकामा आज २९ वटा मात्रै उडान भएका छन् । सोमबार ३० वटा अन्तर्राष्ट्रिय उडान भएको थियो । विमानस्थलबाट दुवैतर्फी उडान र अवतरण गर्दा दैनिक सरदर ९५ देखि ९० अन्तर्राष्ट्रिय उडान हुने गरेको छ ।

कोरोनाको प्रभावले हवाई यात्रु घटेपछि हवाई कम्पनीले पनि उडान क्रमशः कटौती गर्न थालेका हुन् । यात्रु कम भएपछि वायु सेवा प्रदायकले धमाधम उडान कटौती गर्न थालेको महाप्रबन्धक केसीको भनाइ छ । उनले भने, “दुई दिनयता अन्तर्राष्ट्रिय उडानमा भारी कटौती भएको छ । अझै केही दिन यही प्रक्रिया जारी रहने अवस्था छ ।” 

विमानस्थलका अनुसार एयर इण्डियाले पहिला दैनिक चार उडान भर्दै आएकामा अहिले एउटा मात्रै उडान भर्दै आएको छ । कतार एयरवेजले दैनिक चार उडान भर्दै आएकोमा अहिले दुई वटा मात्र उडान गरिरहेको छ । ड्रागन एयरले काठमाडौँ उडान स्थगन गरिसकेको छ । साताको चार उडान भर्दै आएको कोरियन एयरले एउटा मात्र उडान भर्दै आएको छ ।

विमानस्थलबाट अहिले तीन नेपालीसहित ३० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । हालको अवस्थामा नेपाल आउने मात्र नभई नेपालबाट अन्य गन्तव्यमा उडान भर्ने वायुसेवा प्रदायकले पनि धमाधम उडान कटौती गरिरहेका छन् ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुबई गन्तव्यको उडान स्थगन गरेको छ भने नेपालबाट चीनमा उडान गर्दै आएको निजी लगानीको हिमालय एयरलाइन्सले चीनका चार गन्तव्यमा सातामा १५ उडान भर्दै आएकामा अहिले सबै बन्द गरेको छ । 

त्यस्तै हिमालयले दुबई र साउदी अरब गन्तव्यको पनि हाललाई अर्को सूचना जारी नभएसम्म उडान स्थगन गर्ने निर्णय गरेको छ । उता चीनबाट नेपाल उडान भर्ने सबै पाँच वायुसेवा प्रदायकले पनि काठमाडौँ विमानस्थलको उडानमा भारी कटौती गरेका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चीन गन्तव्यमा मात्रै पहिला यही याममा सातामा ६० देखि ६२ उडान हुने गरेकामा अहिले सातामा १० वटामात्र उडान भइरहेको छ । चीनबाट नेपाल उडान भर्ने एयर चाइनाले सातामा १४ उडान भर्दै आएकामा अहिले सातामा जम्मा एक उडान गरिरहेको छ । 

चाइना साउदर्न एयरको सातामा १४ उडान रहेकामा अहिले सातामा दुई मात्रै उडान भइरहेको छ । चाइना इस्टर्नको सातामा ११ उडान थियो भने अहिले सातवटा उडान छ । त्यसैगरी सिचुवान एयरलाइन्सको सातामा चार उडान रहेकामा अहिले सबै बन्द रहेको छ भने सातामा सात उडान भर्दै आएको तिब्बत एयरलाइन्सले पनि अहिले सबै उडान स्थगन गरेको छ ।

सफलता उन्मुख राष्ट्रिय गौरवका यी आयोजना, सम्पन्न भएपछि ठूलै प्रभाव पर्ने

सरकारको सार्थक प्रयासका कारण राष्ट्रिय गौरवका आयोजना क्रमशः सफलताको बिन्दुमा पुगेका छन् । पछिल्ला दिनमा आएका सकारात्मक खबरले पनि ती आयोजना निर्माणको अन्तिम चरणमा पुगेको अनुभव गर्न सकिन्छ ।

संसार नै कोरोना भाइरसका कारण आतङ्कित भइरहेको बेला नेपालमा भने एकाध आयोजनाबाहेक निर्माण क्षेत्रमा खासै प्रभाव परेको छैन । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध स्थलमा सोमबारदेखि पानी जम्मा गरेर परीक्षण थालिएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक निर्माण ९९ दशमलव ३ प्रतिशतको हाराहारीमा पुगेको छ । 

आयोजनाको बाँध, बालुवा थिग्रयाउने पोखरीको परीक्षण थालिएको र नियमित परीक्षण गरिने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । आगामी असारभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको प्रमुख जटिल मानिएको दुईवटा ठाडो सुरुङमा पाइप जडानको कार्य जारी छ । 

प्रवक्ता न्यौपानेका अनुसार सात दिनसम्म लगातार पानी जम्मा गर्दै परीक्षण गरिनेछ । उनले आयोजनाको भौतिक संरचनाको अवस्थालाई समेत परीक्षणबाट पत्ता लाग्ने जानकारी दिए ।

यस्तै लामो समयदेखि काठमाडौंवासीका लागि महत्वपूर्ण ठानिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङमा समेत पानी पठाएर परीक्षण थालिएको छ । खानेपानीमन्त्री बिना मगरको उपस्थितिमा सोमबार नै आयोजनाको सुरुङमा पानी पठाएर परीक्षण गरिएको हो । 

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । हालको अवस्थामा करिब ९० प्रतिशत भौतिक प्रगति रहेको यो विमानस्थल सञ्चालनको अवस्थामा रहे पनि (कोभिड–१९) को विश्वव्यापी प्रकोपका कारण असर परेको छ । 

माथिल्लो तामाकोशी र मेलम्ची खानेपानी आयोजना दुवै आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको सम्बद्ध अधिकारीहरुले जानकारी दिएका छन् । 

मुलुकको आर्थिक विकास र समृद्धिसँग जोडिएका ठूला आयोजनालाई सरकारले प्रमुख प्राथमिकतामा राखेर अगाडि बढाएको भए पनि विभिन्न कारणले अगाडि बढ्न सकेको थिएन । तर पछिल्लो पटक सरकारले सबै प्रकारको साधन र स्रोतको उपलब्ध गराएको, आयोजनाका पदाधिकारीलाई जिम्मेवार बनाएको तथा कार्यसम्पादन करारमार्फत पनि काम गरिएका कारण केही आयोजनाले आशालाग्दो संकेत दिएका छन् । 

माथिल्लो तामाकोशीको बाँधमा पानी जम्मा पारेर परीक्षण थालिनुले पनि एउटा खुशीको सञ्चार गरेको छ । प्रवक्ता डा. न्यौपानेको शब्दमा “यो आफैँमा महत्वपूर्ण दिन हो ।” यस्तै राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको निर्माण पनि द्रुत गतिमा अगाडि बढिरहेको छ । चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी निर्माण कार्यको जिम्मेवारी लिएपछि आयोजनाको कामले गति लिएको पाइएको छ । 

सोमबार मेलम्ची आयोजनाको सुरुङमार्गको परीक्षण गरिएको छ । मन्त्री मगर, मेलम्ची विकास समितिका पदाधिकारीलगायतका प्रतिनिधिको उपस्थितिमा मेलम्चीको बाँधस्थलबाट सुरुङमार्गको परीक्षण गरिएको छ । 
सिनोहाइड्रोले जिम्मा लिएका काममध्ये बाँधको काम ४० प्रतिशत, टनेलको काम ७५ प्रतिशत, साना ठेक्काको सप्लाइको काम ७५ प्रतिशत, स्काडा प्रविधि जडान १०० प्रतिशत, गेट जडान ५० प्रतिशत र भेन्टिलेशनको काम ५० प्रतिशत सकिएको छ । 

बाँधस्थलमा सात वटा ढोका निर्माण र ‘कफरड्याम’ निर्माण तीव्र गतिमा भइरहेको छ । पानी पठाउनका लागि अत्यावश्यक रहेका संरचनाको काम अगाडि बढेको र प्रगति उत्साहजनक रहेको मन्त्री मगरको भनाइ छ । हाल अम्बाथान खण्डको सुरुङको सफाइ सम्पन्न गरिएको र सो खण्डमा समेत पानी पठाएर परीक्षण गरिनेछ । 

अन्य आयोजनामा कोरोनाको प्रभाव परेको भए पनि सो आयोजनामा हालसम्म त्यसको कुनै प्रभाव परेको छैन । देशकै ठूलो आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशीको कूल २२ मिटर उचाइ तथा ६० मिटर चौडाइ भएको बाँध निर्माण गरिएको छ । बाँधमा आठ ढोका रहेका छन् । त्यसमा चार वटाबाट निकास हुने पानी बालुवा थिग्रयाउने बेसिन हुँदै मुख्य सुरुङमार्फत विद्युत् गृहमा पुगेर विद्युत् उत्पादन गर्ने गरी मिलाइएको छ । 

हाल मुख्य सुरुङमा अन्तिम चरणको ढलान कार्य भइरहेको छ । सबैभन्दा कठिन मानिएको ठोडो सुरुङमा पेनस्टक पाइप जडानको काम पनि धमाधम भइरहेको छ । 

चीनबाट फर्किनुअघि लीलामणिको भावुक सन्देश - हिनतावोध गर्नुपर्ने गल्ती गरेको छैन !

चीनबाट फिर्ता बोलाइएका नेपाली राजदूत लीलामणि पौड्यालले बेइजिङ छाड्नुअघि भावुक सन्देश जारी गरेका छन् ।

चीनस्थित नेपाली दूतावासको आधिकारिक वेबसाइटमार्फत् सन्देश जारी गर्दै पौड्यालले आफू बेइजिङमा कार्यरत रहँदा आफ्नो वुद्धि, क्षमता, विवेक, ज्ञान र श्रोतले भ्याएसम्म इमान्दारीपूर्वक भगीरथ प्रयत्न गरेको र कुनै सम्झौता नगरेको उल्लेख गरेका छन् ।

गत फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले राजदूत पौड्याललाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्