२८ जेठ २०८३, बिहीबार

प्रदेशको नाम ‘मधेश’ राख्न सांसद चौधरीको राय, ‘मधेश शब्द किन पाच्य छैन ?’

प्रदेशको नाम ‘मधेश’ राख्न सांसद चौधरीको राय, ‘मधेश शब्द किन पाच्य छैन ?’

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी संघीय सांसद चन्दा चौधरीले २ नम्बर प्रदेशको नाम ‘मधेश’ राख्न माग गरेकी छन् ।

प्रदेश सभामा मंगलवार भएको मतदानबाट पनि राजधानी र नामबारे टुंगो नलागेपछि बुधवार सामाजिक सञ्जालमा धारणा राख्दै सांसद चौधरीले मधेश शब्द किन पाच्य नभएको भनेर प्रश्न गरेकी छन् ।

उनले नाम र राजधानी टुंगो नलाग्नुमा नेपाली कांग्रेस र नेकपालाई दोषी देखेकी छन् । प्रदेशसभामा भएको मतदानमा सत्तारुढ समाजवादी पार्टी र राजपा मधेशको पक्षमा उभिएका थिए भने कांग्रेस र नेकपा मधेशको विपक्षमा थिए ।

नेकपाले प्रदेशको नाम ‘जानकी’ राख्न प्रस्ताव गरेको थियो भने कांग्रेसले मिथिला–भोजपुरा राख्न प्रस्ताव गरेको थियो । मतदानमा सबै प्रस्ताव असफल भएका छन् ।

प्रदेशको नाम र राजधानी टुंगो लगाउन प्रदेश सभाको दुईतिहाइ बहुमतबाट पारित हुनुपर्ने व्यवस्था रहेको छ । प्रदेश सभामा निर्णयार्थ प्रस्तुत भएका कुनै पनि प्रस्तावको पक्षमा दुईतिहाइ बहुमत पुगेन ।

यस्तो छ सांसद चौधरीले फेसबूकमा लेखेको धारणा –

प्रदेश-२ को नाम 'मधेश प्रदेश' राखियोस्।

प्रदेश-२ को नामाकरण र स्थायी राजधानी हिजोको चुनावबाट पनि टुंगो लागेन। यसै सन्दर्भमा मेरो विचार।

१. मधेश को अस्तित्व नसुइकार्ने नेपाली कांग्रेस र नेकपा।

२. कांग्रेस नजिक देखिने जनकपुरका नागरिक समाजको मधेश प्रति को अल्प बुझाई।

३. मधेश आन्दोलनले ल्याएको संघीयता चाहिने तर प्रदेशको नाम मधेश राख्न नहुने संकीर्ण मानसिकता।

थप;

एकल शासकीय प्रणालीमा रुमल्लिएको देश मा संघिय नेपाल को परिकल्पना मधेशी राजनीति बाट आएको हो। संघीयताको जननी हो मधेश आन्दोलन। त्यही मधेश आन्दोलन को जगमा उभिएर आज कोही मुख्यमंत्र र मन्त्री बनेका छन्। प्रदेश सरकार का विपक्षी दलहरु को अस्तित्व पनि मधेश आन्दोलनले ल्याएको संघीयता कै कारण रहेको छ।

लोकतन्त्रमा हरेक जनता को आफ्नो विचार राख्ने अधिकार हुन्छ। प्रदेश-२ को नाम र राजधानी बारे विचार राख्ने हरेक नेता र नागरिकको विचार लाई सलाम गर्छु म। तर मधेश प्रदेश नाम बाहेक का नाम प्रस्तावक हरुलाई मधेश शब्द किन पाच्य छैन? मधेश आन्दोलन ले ल्याएको आरक्षण (कोटा) को फाइदा मधेश शब्द संग घृणा गर्ने हरुले किन लिएका होलान्?

मिथिला प्रदेश नाम प्रस्ताव गर्ने हरु संग जिज्ञासा:

के प्रदेश को नाम मिथिला राखेर मात्र मिथिलाको गौरव लाई जोगाउन सकिन्छ त? मिथिला सभ्यता जोगाउन-- मिथिला संग्रालय को स्थापना गर्नुपर्छ, मैथली भाषामा अध्यन अध्यापन लगायत विभिन्न उपायहरु अपनाउन सकिन्छ।

राजधानीको सवालमा निम्नबामोजीम को उपाय अपनाउन सकिन्थ्यो:

१. जनकपुर (महोत्तरीको केही भूभाग समेटेर) प्रशासनिक राजधानी

२. वीरगन्ज आर्थिक राजधानी

र अन्य जिलाहरुलाई विशेष पहिचान र प्याकेज दिएर गर्न सकिन्थ्यो।

अहिले पनि धेरै अबेला भई सकेको छैन। मधेश को अस्तित्वलाई माथि राख्दै प्रदेश-२ को नामाकरण र राजधानी घोषणा गरियोस्।

salt training

कमेन्ट गर्नुहोस्