
रौतहट, ७ बैशाख– मधेसी मोर्चा र प्रहरीबीच रौतहटमा झडप भएको छ । झडपका क्रममा तीन जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएका छ ।
बिहीबार रौटहटको गौरमा मोर्चाले निकाले लाठी जुलुस अनियन्त्रित भएपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
मोर्चाका कार्यकर्ताको जुलुस गौर बजार परिक्रममा गर्दे नगरपालिका कार्यलय पुगेसँगै ढुंगामुढामा उत्रिएको थियो ।
मोर्चाका कार्यकर्ताले ढुंगामुढा गर्न थालेसँगै प्रहरीले अश्रु ग्यास प्रहार गरि स्थितीलाई नियन्त्रणमा लिएको थियो ।
दोहोरो झडपका क्रममा भागदौंड हुँद केही आन्दोलनकारी सामान्य घाइते भएका छन् । प्रहरी नियन्त्रणमा लिएका मध्ये तमलोकी नेतृ एवं पूर्वसभासद् रम्भा देवीसमेत रहेकी छिन् ।
संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने घोषणा गरेको मोर्चाले चरणवद्ध आन्दोलनका कार्यक्रमहरुको समेत घोषणा गरेको छ ।