
काठमाडौं, ७ वैशाख– संयुक्त मधेसी मोर्चा आवद्ध पाँच पार्टीबीच एकीकरण भएको छ ।
राजधानीको अमृतभोग पार्टी प्यालेसमा आयोजना गरिएको पार्टी एकीकरण घोषणा कार्यक्रममा पार्टीको चुनाव चिह्न र झण्डा सार्वजनिक गरिएको छ । नयाँ पार्टीको नाम राष्ट्रीय जनता पार्टी राखिएको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम –गणतान्त्रिक, तराई मधेस सद्भावना पार्टी नेपालबीच पार्टी एकता भएको हो ।

पाँच दलका अध्यक्षहरुले एकीकरणको विज्ञप्तिमा हस्ताक्षर गर्दै पार्टी एकीकरण गरेका हुन् । नेताहरुले हस्ताक्षर गरिरहदाँ कार्यहर्ताहरुले जय मधेस भन्दै नारा लगाएका थिए ।