२४ असार २०८३, बुधबार

५ करोड लगानीमा दरवारमार्गमा खुल्यो गणगोर

कात्तिक २०, २०७४
५ करोड लगानीमा दरवारमार्गमा खुल्यो गणगोर

काठमाडौं, ७ वैशाख –५ करोड रुपैयाँ लगानीमा काठमाडौंको कमलादीमा गणगोर फुड्स एण्ड सर्भिसेज सञ्चालनमा आएको छ । गणगोर फुड्स एण्ड सर्भिसेज प्रालिले बिहीवारदेखि उक्त होटल सञ्चालनमा ल्याएको हो ।

२०४० सालमा भारतको कोलकत्तामा सञ्चालनमा आएको गणगोरले नेपालमा पहिलोपटक आफ्नो शाखा विस्तार गरेको हो । उक्त कम्पनीको भारतका विभिन्न स्थानमा गरी १० वटा भन्दा बढी शाखाहरू सञ्चालनमा छन् ।

होटलमा १५ अत्याधुनिक डिलक्स कोठा रहेका छन् जसमा ३० जना अट्ने कन्फ्रेन्स हल र सय जना अट्ने बर्थडे हलसमेत छन् ।

होटलमा शतप्रतिशत शाकाहारी परीकारहरू पाईने प्रालिका सञ्चालक सल्लाहकार गोपाल शर्मा जोगाईले बताए । होटलमा कोलकत्ताका प्रसिद्व ८० प्रकारका मिठाई, २० प्रकारका निम्किन, ड्राइफूड, इटालियन कफी लगायतका परिकारहरू उपलब्ध छन् । यसबाहेक होटलमा विहानको खाजा, लञ्च, डिनर, हाईटी, बार आदिको व्यवस्था रहेको छ ।

खासगरी भारतीय पर्यटक र शाकाहारीका लागि लक्षित गरेर होटल सञ्चालनमा ल्याइएको कम्पनीका सल्लाहकार जोगाइले बताए । होटलमा उपत्यकाबाहिरबाट आएका पर्यटक, विवाह ब्रतवन्ध आदिका लागि डिलक्स रुमको समेत व्यवस्था गरिएको छ ।

कम्पनीले सुरुवातमा ४० जनालाई रोजगारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्