
काठमाडौं, ७ वैशाख — भारतको महाराष्ट्र राज्यमा भयानक गर्मीका कारण अहिलेसम्म १० जनाको मृत्यु भइसकेको छ । स्टेट हेल्थ डिपार्टमेन्टका अनुसार बुधवार चन्द्रपुरमा बस्ने हारून शेखको गर्मीकै कारण मृत्यु भएको थियो ।

बुधवार त्यहाँको तापक्रम ४६.४ डिग्री पुगेको थियो ।
पुणेको मौसम विभागले लूको चेतावनी जारी गरिसकेको छ ।
अत्यधिक गर्मीका कारण प्रशासनले मानिसलाई घरैमा बस्न सल्लाह दिएको छ । उसले अत्यन्तै जरूरी काम भएमा मात्र घरबाट बाहिर निस्कनू भनेको छ ।
त्यस्तै मध्य प्रदेशमा पनि तातो हावा चलिरहेको छ । आठ कक्षासम्मका विद्यार्थीलाई गर्मीकै कारण छुट्टी दिइएको छ ।
नौदेखि १२ कक्षासम्मका विद्यार्थीलाई बिहान ११ बजेसम्म मात्र पढाउने व्यवस्था गरिएको छ ।
बुधवार दिल्लीको तापक्रम ४३ डिग्री, जयपुरको ४२, लुधियानाको ४०, बनारसको ३९, कोलकाताको ३४ रहेको छ । गर्मीका कारण भारत आक्रान्त छ ।
दैनिक भास्करबाट