२८ असार २०८३, आइतबार

गाडी दुर्घटनामा स्वर्गद्वारीका उपप्रमुख मिनराज रानामगरको मृत्यु

असार १३, २०८३
बुटवल
गाडी दुर्घटनामा स्वर्गद्वारीका उपप्रमुख मिनराज रानामगरको मृत्यु

गाडी दुर्घटनामा परेर प्यूठानको स्वर्गद्धारी नगरपालिका उपप्रमुख मिनराज रानामगरको मृत्यु भएको छ । 

शनिबार रानामगरले आफैले चलाएको लुम्बिनी प्रदेश ०१–००१ झ ००८ नम्बर गाडी स्वर्गद्वारी नगरपालिका–२ स्थित बाङ्गेसल्ला सडकबाट ५०० मिटर तल खसेको थियो । उपमेयर मगर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

२०७९ को निर्वाचनमा रानामगर राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका थिए । ५० वर्षीय रानाले आफैले चलाएको गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी निरीक्षक गणेश ज्ञवालीले बताए।

salt training

कमेन्ट गर्नुहोस्