१९ असार २०८३, शुक्रबार

कोरोना त्रास : शीर्ष नेता ‘सेल्फ आइसोलेसन’मा, सबै कार्यक्रम बन्द

चैत ९, २०७६
कोरोना त्रास : शीर्ष नेता ‘सेल्फ आइसोलेसन’मा, सबै कार्यक्रम बन्द

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासका कारण राजनीतिक दलले आआफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् ।

राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोरोना भाइरसबाट सचेत हुन थालेका छन् । 

पार्टीका प्रायः नेता घरमै ‘सेल्फ आइसोलेसन’मा बस्न थालेका छन् । नेताले भेटघाट कम गर्न थलेका छन् भने कोरोनाबाट बच्ने उपाय अपनाउन थालेका छन् । 

मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य लाभ गरिरहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाट बन्द गरेका छन् । कोरोना भाइरससँग सम्बन्धित विषय भए केही सम्बन्धित व्यक्तिसँग छलफल गर्छन् नभए भेटघाट पूरै बन्द गरेको उनका प्रेस संयोजक सूर्य थापाले बताए । 

अर्का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिनदेखि घरबाट निस्किएका छैनन् । उनी ‘सेल्फ क्वारेन्टाइन’मा छन् । नेता तथा कार्यकर्तासँगको भेटघाट कम भएको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक भेटघाट तथा कार्यक्रम स्थगित गरेका छन् । तीनदिनदेखि उनी घरमै छन् । गोरखापत्र दैनिकमा खबर छ । 

 

salt training

कमेन्ट गर्नुहोस्