१३ असार २०८३, शनिबार

कोरोना रोकथाम गर्न ६ वटा कार्यदल, शंका लागे नियन्त्रण गरिने

चैत ९, २०७६
कोरोना रोकथाम गर्न ६ वटा कार्यदल, शंका लागे नियन्त्रण गरिने

सरकराले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जारी निर्देशन अवज्ञा गर्नेलाई नियन्त्रणमा लिएरै भए पनि कोरोना रोकथामको पहल गर्ने भएको छ । 

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा भएका हालसम्मको गतिविधिको समीक्षा गर्दै शनिवार बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सो समितिको संयोजक हुन् । 

कोभिड –१९ संक्रमण रोधथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकपछि अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर भए पनि क्वारेन्टाइन, आइसोलेसन र उपचारमा पठाइने बताए । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्