
फ्रान्समा कोरोनाभाइरस संक्रमण फैलिन नदिनका लागि लकडाउन घोषणा गरिएकोमा त्यसको अवज्ञा गर्दै सडकका हिँड्ने नागरिकहरूलाई पक्राउ गरी हिरासतमा राख्न थालिएको छ ।
प्रहरीले आक्रामक तेवर अपनाउँदै सडकमा हिँड्नेहरूलाई पक्राउ गरेको छ । विशेषगरी अल्पसंख्यक समुदायका मानिसलाई तारो बनाइएको भनी प्रहरीको आलोचना समेत गरिएको छ ।
राष्ट्रिय लकडाउनभन्दा एक कदम अघि बढ्दै दक्षिणी शहर नीसका मेयरले संक्रमण रोक्न शुक्रवारदेखि शहरमा कर्फ्यु समेत लगाएका छन् ।
मेयर क्रिस्चियन एस्त्रोसीले ल जर्नल दु दिमाँशसँथग कुरा गर्दै कर्फ्यु लागेको बेलामा मानिसको आवागमन कम हुने बताए । एस्त्रोसीलाई पनि कोरोनाभाइरस लागेको छ ।
यसअघि अधिकारीहरूले घरबाट निस्कँदा सही कागजात नबोक्नेहरूलाई लगभग १८ हजार रुपैयाँको जरिवाना तिराउने गरेका थिए ।
नीसमै प्रहरीका ड्रोनहरूले नागरिकहरूलाई घर जान आदेश दिइरहेका छन् ।
ड्रोनमा लाउडस्पीकर लगाएर शहरका विभिन्न भागमा उडाइएको छ र घरैमा बस्नू भन्ने सरकारको आदेश सुनाइएको छ ।