
जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन अनुसार कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि ५ किसिमका सेवा प्रवाह बन्द गरेको छ ।
चैत ९ गतेदेखि चैत २१ गतेसम्म लागू हुने गरी प्रशासनले नागरिकता वितरणदेखि मुद्दामामिला सम्बन्धी सेवा प्रवाह नहुने सार्वजनिक सेवा जारी गरेको छ ।
प्रशासनमा बन्द गरिएका सेवामा नयाँ नागरिकता जारी र प्रतिनिधि सम्बन्धी, राहदानीको आवेदन सम्बन्धी, शान्ति सुरक्षा निवेदन लिने सम्बन्धी, मुद्दा सम्बन्धी र नागरिकलाई प्रवाह गरिने अन्य काम रहेका छन् ।
प्रशासनले अत्यावश्यक सेवा सूचारु रहने र कर्मचारीहरू कार्यालयमा उपस्थित हुनुपर्ने सूचना जारी गरेको छ ।
यस्तो छ प्रशासनको सूचना –
