२४ असार २०८३, बुधबार

भारतको बिहारमा कोरोनाभाइरसका कारण १ जनाको मृत्यु

चैत ९, २०७६
भारतको बिहारमा कोरोनाभाइरसका कारण १ जनाको मृत्यु

कोरोनाभाइरसको प्रभाव छिमेकी मुलुक भारतमा पनि पर्न थालेको छ । 

मुम्बईमा कोरोना संक्रमित ६५ वर्षीय एक रोगीको उपचारका क्रममा मृत्यु भएको छ । मुम्बई बाहेक बिहारको पटनामा ३८ वर्षीय एक व्यक्ति पनि कोरोना संक्रमणकै कारण ज्यान गुमाउन बाध्य भएका छन् ।

यी दुई केससँगै भारतमा अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ । 

मुम्बईमा गत आइतवार कस्तुरबा गान्धी अस्पतालमा कोरोना पोजिटिभ पाइएका ६४ वर्षीय व्यक्तिको मृत्यु भएको थियो । 

पछि अर्का एक व्यक्तिलाई अन्य एक निजी अस्पतालमा बुधवार भर्ना गरिएको थियो । उनलाई मधुमेह, उच्च रक्तचाप र मुटुरोगको समस्या पनि थियो । भर्ना भएकै बेलामा उनको स्थिति गम्भीर थियो र शुक्रवार राति उनले अन्तिम सास फेरेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्