१७ असार २०८३, बुधबार

कोरोनाविरुद्ध सतर्कता अपनाउन प्रचण्डको अपिल

कोरोनाविरुद्ध सतर्कता अपनाउन प्रचण्डको अपिल
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीका रूपमा देखापरेको कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सिङ्गो पार्टी पंक्ति र  जनसमुदायमा आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले आज प्रेस नोटमार्फत कोरोनाबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गर्दै  पार्टी र सरकारले लिएका नीतिगत र व्यावहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले  कोरोना भाइरसको सङ्क्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउनेतर्फ आफ्नो पहल बढाउन सरकारलाई अनुरोध गरेका छन् ।

यस्तै उनले जोखिमसँग जुध्न राष्ट्रिय एकता र उच्च मनोबलका साथ लागिपर्न र यसको सामना गर्न पनि सबैमा अनुरोध गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्