०८ असार २०८३, सोमबार

कोरोनाबारे जानकारी दिन फोनमै उपलब्ध हुनेछन् यी १३ डाक्टर [फोन नम्बरसहित]

कोरोनाबारे जानकारी दिन फोनमै उपलब्ध हुनेछन् यी १३ डाक्टर [फोन नम्बरसहित]
तस्वीर सौजन्य - डाक्टर अन कल डटकम

नेपाल चिकित्सक संघले आफ्नो केन्द्रीय कार्यालयका १३ जना प्रतिनिधिहरूलाई आवश्यक परामर्शका लागि खटाएको छ ।

आइतवार संघले एक विज्ञप्ति जारी गर्दै देशभरका सम्पूर्ण सर्वसाधारणलाई कोरोना भाइरससँग सम्बन्धित कुनै विशेषज्ञ चिकित्सकको परामर्श आवश्यक परे केन्द्रीय कार्यालयका १३ जना प्रतिनिधिहरू सम्पर्क गर्न सकिने गरी नाम र फोन नम्बरसमेत उपलब्ध गराएको छ ।

'देशभरका सम्पूर्ण सर्वसाधारण नागरिकहरूलाई कोरोना भाइरससँग सम्बन्धित कुनै पनि विशेषज्ञ चिकित्सकको परामर्श सेवाको आवश्यकता परेको अवस्थामा नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयका निम्न लिखित विशेषज्ञ चिकित्सकहरूलाई सम्पर्क गरी सम्बन्धित विषय अनुसारको परामर्श सेवा ग्रहण गर्नु हुन यसै सूचनामार्फत सबैमा जानकारी गराउँदछु,' विज्ञप्ति जारी गर्दै संघका महासचिव डाक्टर बद्री रिजालले भनेका छन् ।

त्यस्तै संघले सम्पूर्ण परामर्श सेवा प्रदान गर्न चाहने इच्छुक चिकित्सक र विभिन्न विशेषज्ञ समाजका प्रतिनिधि चिकित्सकहरूको नामावली र उपलब्ध समय तोकी सम्पूर्ण नागरिकहरूलाई कोरोना भाइरसका सम्बन्धमा उचित परामर्श सेवा उपलब्ध गराउँदै  यस संकटपूर्ण अवस्थामा नेपाल सरकारलाई अतुलनीय सहयोग हुन अनुरोधसमेत गरेको छ ।

यी हुन् विशेषज्ञ र फोन नम्बर -

salt training

कमेन्ट गर्नुहोस्