
नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणको लागि केन्द्रीय कोष स्थापना गरेको छ ।
कूल ५० करोड रुपैयाँ राशि राखेर शुरू गरिएको कोषमा प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यहरूको एक महिनाको तलब जम्मा गरिने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोमवार बिहान १० बजेबाट लागू हुने गरी दुवै छिमेकी मुलुकका सम्पूर्ण नाकाबाट हुने यात्रु आवागमन एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ । यद्यपी सीमा वारपारको ढुवानी भने नियमित हुने जनाइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।