०७ असार २०८३, आइतबार

अन्तर्राष्ट्रिय मेयर सम्मेलन–२०२० नरोकिने

अन्तर्राष्ट्रिय मेयर सम्मेलन–२०२० नरोकिने

त्यसैगरी  बैठकले आगामी असोज २१ गतेदेखि २४ गतेसम्म काठमाडौंमा आयोजना गरिने भनिएको अन्तर्राष्ट्रिय मेयर सम्मेलन–२०२० स्थगित नगर्ने भएको छ ।

सम्मेलन आउन अझै छ महिना बाँकी भएकाले केही समयलाई सम्मेलनको तयारी रोकिए पनि सो भाइरसको जोखिम न्यूनीकरण भएपछि पुनः तयारी तीव्र पारिने निर्णय भएको फोरमका सचिव श्रेष्ठले जानकारी दिए । 

सम्मेलनमा विभिन्न देशका ४१३ नगरपालिकाका नगर प्रमुख, १९ देशका विभिन्न राष्ट्रिय सङ्घसङ्गठन, १० वटा अन्तर्राष्ट्रिय सङ्गठनसँग सम्मेलनका बारेमा कुराकानी भई पत्राचार भएको बैठकमा जानकारी गराइएको थियो । 

सम्मेलनका लागि भक्तपुरको गठ्ठाघरमा कार्यालय सञ्चालनमा ल्याइएको छ भने सम्मेलनका लागि कूल तीन करोड खर्च हुने भएको छ । खर्चको ५० प्रतिशत दुई महानगरपालिकाले व्यहोर्ने भएका छन् । त्यसमा पनि दुई तिहाइ काठमाडौं महानगरपालिकाले व्यहोर्ने र बाँकी ५० प्रतिशत खर्च १६ नगरपालिकाले दामासाहीले व्यहोर्ने भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्