पाकिस्तानको गिल्गिट–बाल्टिस्तान प्रान्तमा कोरोनाभाइरसविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेका एक युवा चिकित्सकको मृत्यु भएको उक्त प्रान्तका प्रवक्ताले जनाएका छन् । तर ती चिकित्सक भाइरसकै कारण वा अन्य कारणले मरेका हुन् भनी प्रवक्ताले खुलाएनन् ।
उसामा रियाज नामक ती चिकित्सकको मृत्यु आइतवार राति भएको भनी गिल्गिट–बाल्टिस्तान प्रान्तका प्रवक्ता फैजुल्लाह फराकले बताए ।
रियाज इरानसँगको सीमामा रहेको ताफ्तान शहरमा बसेर इरानबाट आएका रोगीहरूको स्वास्थ्य परीक्षण गरिरहेका थिए । उनलाई बहादुरीका लागि प्रशंसा गरिएको छ ।
गिल्गिट–बाल्टिस्तान प्रान्तको स्वास्थ्य विभागले ती चिकित्सकलाई राष्ट्रिय नायक घोषणा गर्ने तयारी गरिरहेको जनाएको छ ।