![कोरोनाका कारण विप्लवका आक्रामक कारवाहीहरू स्थगित [विज्ञप्तिसहित]](https://lktcdn2.prixacdn.net/media/Biplav_Banner_1_ru0x3N7SEL.png)
विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेका बेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आक्रामक कारवाहीहरू तत्कालका लागि बन्द गरेको छ ।
पार्टी महासचिव विप्लवले सोमवार विज्ञप्ति जारी गर्दै देश कोरोना भाइरसबाट मुक्त नहुँदासम्मका लागि आक्रामक कारवाहीहरू बन्द गरिएको जानकारी गराएका हुन् ।
आफूहरूमाथि हुने दमनको प्रतिरोध भने जारी रहने विज्ञप्तिमा उल्लेख छ ।
'कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारवाहीबाहेक अन्य आक्रामक कारवाहीहरू बन्द गरिएको जानकारी आमजनसमुदायमा अवगत गराउँछौं,' विप्लवद्वारा सोमवार जारी विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस्, विज्ञप्ति :
