
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खाडी र अफ्रिकी मुलुकमा रहेका नेपालीहरूमा कोभिड १९ (कोरोना)को संक्रमणबारे पछिल्लो अपडेट लिन मध्यपूर्वका विभिन्न १० वटा कूटनीतिक नियोग प्रमुखहरूसँग भिडियो कन्फरेन्स गरेका छन् ।
त्यहाँका नेपालीहरूको वर्तमान अवस्थाबारे भिडियो कन्फरेन्समार्फत जानकारी लिइएको परराष्ट्रमन्त्रालय स्रोतले जनाएको छ ।
भिडियो कन्फरेन्स गर्दै मन्त्री ज्ञवालीले त्यहाँ रहेका नेपालीहरूको अवस्था, नियोगहरूले चालेका कदम र भविष्यमा लिनुपर्ने उपायहरूका बारेमा छलफल गरेका थिए ।
कन्फरेन्समा परराष्ट्रमन्त्री ज्ञवालीसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवसमेत उपस्थित थिए ।