१२ असार २०८३, शुक्रबार

१८ किलो गाँजासहित ३ जना पक्राउ

१८ किलो गाँजासहित ३ जना पक्राउ

पर्साको बहुदरामाई नगरपालिकाबाट सोमवार प्रहरीले १८ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

बीआर०५एफ ६५६६ नंको मोटरसाइकल लोड गरी भारततर्फ जाँदै गरेको तीन व्यक्तिलाई प्रहरीले नगरपालिकाको वडा नं ५ बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बहुदरामाई नगरपालिका–५ निवासी ५५ वर्षीय राधाकृष्ण राउत अहिर, ५० वर्षीय लक्ष्मण महतो कोइरी र  पर्साकै पकहामैपुर गाउँपालिका–१ निवासी ५० वर्षीय मन्द्रिका सहनी रहेकोे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । 

उनले नेपाललबाट भारततर्फ लागूऔषधको तस्करी भइरहेको पूर्वसूचनाका आधारमा कारवाही गर्दा उक्त परिमाणको गाँजासहित तीनै जनालाई पक्राउ गरिएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्