
सम्मानीयन सभामुख अग्नि प्रसाद सापकोटाले केन्द्रीय राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउने भएका छन् ।
सभामुख सापकोटाले सरकारको कोष स्थापना गर्ने निर्णको स्वागत गर्दै आज कोषमा रकम जम्मा गर्ने घोषणा गरेका हुन् ।
संघीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामार्फत् सो रकम कोषमा जम्मा हुनेछ । सरकारले कोरोना (कोभिड १९) विरुद्ध लड्न पूर्वतयारीस्वरूप आइतबार केन्द्रीय राहत कोष खडा गरेको थियो ।
यसैबीच सभामुख सापकोटाले संघीय संसद् सचिवालयमा तयार गरिएको आइसोलेसन वार्डको आज अनुगमन गरे ।
उनले सिंहदरबारस्थित संसद् सचिवालयको १ नम्बर भवनमा तयार गरिएको आइसोलेसन वार्डको अनुगमन गर्दै सबै खाले तयारीमा जुट्न सचिवालयका कर्मचारीहरूलाई निर्देशन दिए ।
कोरोना भाइरस संक्रमित भेटिए अस्पताल पुर्याउनुअघि वार्डमा राख्ने व्यवस्था गरिएको संसद् सचिवालय अन्तर्गतको स्वास्थ्य इकाइका डा. पुष्पराज रिजालले जानकारी दिए ।