०३ असार २०८३, बुधबार

भारतबाट भित्रिएकाको तथ्याङ्क सङ्कलन शुरु

भारतबाट भित्रिएकाको तथ्याङ्क सङ्कलन शुरु

भूमिकास्थान नगरपालिका–१० धनचौरले भारतबाट घरमा भित्रिएकाको तथ्याङ्क सङ्कलन शुरु गरेको छ ।

भारतबाट कोरोनाको त्रासका कारण घरमा आएका खुलेआम गाउँघरमा हिँडडुल तथा भेटघाट गर्न शुरु गरेपछि होम क्वारेन्टाइनमा राख्न वडा कार्यालयले तथ्याङ्क सङ्कलन शुरु गरेको वडाध्यक्ष खगेश्वर पन्थीले बताए ।

वडा सदस्य र महिला स्वास्थ्य स्वयंसेविकालाई धनचौर स्वास्थ्य चौकी इञ्चार्ज शिवप्रकाश जिसीले कोरोनासम्बन्धी प्रशिक्षण प्रदान गरी महिला स्वास्थ्य स्वयंसेविकालाई तथ्याङ्क सङ्कलनमा खटाइएको हो ।

प्रशिक्षण कार्यक्रममा वडा सदस्य जनक गैरे, टामलाल भट्टराई, गङ्गा रेश्मी, स्थानीय इश्वरी मरासिनीलगायतले मन्तव्य राख्दै सत्यतथ्य डाटा सङ्कलनमा सहयोग गर्ने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्