काठमाडौँ, ८ बैशाख - रूपान्तरित संसद्मा प्रतिनिधित्वका आधारले अहिले मधेसलाई केन्द्रबिन्दु बनाएर राजनीति गरिरहेका दलहरूमध्ये राष्ट्रिय जनता पार्टी सबैभन्दा ठूलो पार्टी बनेको छ ।

संसद्मा यो पाँचौँ पार्टी बनेको छ । संसद्मा राजपाको सिट संख्या २५ पुगेको छ । तमलोपाको ११, सद्भावनाको ५, रामसपा र तमसपाको ३–३ र गणतान्त्रिक फोरम र नेपाल सद्भावना पार्टीको १–१ गरी २५ सांसद थिए । तर, सद्भावना पार्टीका सञ्जय साह ज्यान मुद्दा र बम विस्फोट काण्डका कारण निलम्बनमा छन् । संसद्मा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमको १६ र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको १५ सिट छ, नयाँ पत्रिकामा खबर छ ।