१६ असार २०८३, मंगलबार

उम्मेदवार छनोटको विषयमा एमालेमा विवाद, अन्याय भएको भन्दै आकांक्षीले दिए उजुरी

कात्तिक २०, २०७४
उम्मेदवार छनोटको विषयमा एमालेमा विवाद, अन्याय भएको भन्दै आकांक्षीले दिए उजुरी

धनगढी, ८ वैशाख– कैलालीको मोहन्याल गाउँपालिकाको प्रमुखका लागि एमालेका तर्फबाट आकांक्षीको नाम सिफारिस गर्ने स्थानीय कमिटीले मनोमानी गरेको एक जना आकांक्षीले आरोप लगाएका छन् ।

नेकपा एमाले मोहन्याल गाउँ कमिटीमा गाउँपालिकाको प्रमुखका लागि दुई जना आकांक्षीको आवेदन भए पनि जिल्ला कमिटीलाई सिफारिस गर्ने क्रममा एक जनाको मात्रै नाम पठाइएको अर्का आकांक्षीले आरोप लगाएका हुन् ।

मोहन्याल गाउँपालिकाकामा एमालेका तर्फबाट प्रमुखको उम्मेदवारीका आकांक्षी वीरेन्द्र रावलले गाउँ कमिटीमा दुई जना आकांक्षीको आवेदन परेको भए पनि गाउँ कमिटिका ईन्चार्ज नन्दराज बजगाई र उपसंयोजक भगिरथ भाटले एकलौटी ढंगले एक जनाको नाममात्र सिफारिस गरि जिल्ला कमिटीमा पठाएको आरोप लगाए ।

एमाले मोहन्याल गाउँ कमिटीले नवलसिंह रावलको मात्रै नाम सिफारिस गरेर पठाएको उनको आरोप छ ।

‘मोहन्याल गाउंपालिकामा भएको भेलामा म र नवलसिंह रावलको नाम सिफारिस गरिएको थियो,’ गाउंपालिका प्रमुखका आंकाक्षी वीरेन्द्र रावलले भने, ‘तर, जिल्लामा पठाइएको सिफारिसमा मेरो नाम नै छैन ।’ उनले भेलामा निर्णय गर्नुपर्ने माग रहे पनि गाउँ कमिटी इन्जार्जसहितका दुई जनाले नमानेर पछि एकलौटी ढंगले निर्णय गरि नाम पठाएको दाबी गरे । उनले आफूमाथि अन्याय भएको भन्दै बुधबार नेकपा एमाले जिल्ला कार्यसमिति कैलाली, प्रदेश कमिटी र केन्द्रीय कार्यालयमा निवेदन दिएका छन् ।

‘मैले आफनो उम्मेदवारीलाई अन्तिम चरणसम्म पनि यथावत राखेको थिए,’ पार्टी जिल्ला कमिटीमा पेश गरिएको निवेदनमा भनिएको छ, ‘माइन्युट लम्कीमा ल्याएर उहां (नवलसिंह) लाई मात्रै सिफारिश गरिएकोप्रति मेरो घोर असहमति छ ।’

निवेदनमा उनले गाउँ कमिटीका सबै पदाधिकारलाई सहभागि नगराएर दुई जनाको षडयन्त्रमा गरिएको अप्रजातान्त्रिक छनौट प्रक्रियालाई खारेज गरि आप्mनो उम्मेदवारी समावेश गराइदिन आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्