मुगु ८ वैशाख– स्थानीय चुनावको मिति नजिकिँदै गर्दा कर्णालीको हिमाली जिल्ला मुगुका दुरदराज गाउँँबस्तीमा चुनावी सरगर्मी बढेको छ । चुनावको मिति नजिकिएसँगै राजनीतिक दलका कार्यक्रमहरु गाउँकेन्द्रित भएका छन् ।
नेपाली कांग्रेसले केही दिनअघि खत्याड गाउँँपालिको माझचौरमा बृहत चुनावी आमसभा गरेको छ । आमसभामा नेपाली कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ, सा“स्कृति संघका केन्द्रीय कोषाध्यक्ष राधिका हमाल लगायत सहभागी थिए ।
नेकपा एमालेले पनि खत्याडमै चुवानी सभा गरेको थियो । सो सभालाई सम्बोधन गर्न नेकपा एमाले पोलिटब्यूरो सदस्य गोरख बोगटी आएका थिए ।
स्थानीय तहको चुनावलाई लक्षित गरि नेकपा माओबादी केन्द्रले पनि खत्याड मै बृहत आमसभा गरेको छ । करिव २० बर्ष पछि हुन लागेको स्थानीय तहको चुनावले गाउँँबस्तीमा उत्साह ल्याएको छ । कसलाई उम्मेदवार चुन्ने भन्ने चर्चा परिचर्चा हुन थालेका छन् ।

माओबादी केन्द्रले सोरुगाउँँपालिका स्तरिय तारापानी स्थानमा केही दिन अघि चुनावी आमसभा आयोजना गरेको थियो । चुनावका कारण गाउँँबस्तीमा चुनावी रौनक बढेको छ ।
‘चुनाव आएपछि गाउँमा रमाइलो भएको छ । नेताहरु गाउँँतिर आउन थालेका छन्’ खत्याड गाउँपालिका ८ की नानी खत्रीले भनिन् ।
राप्रपाका जिल्ला स्तरिय नेताहरु पनि कार्मारोङ गाउँँपालिका खत्याड गाउँँपालिका स्तरिय कार्यक्रता भेटघाट उम्मेदवार चयन गर्दै घरदैलोमा व्यस्त रहेका छन् ।
गाउँँ तहका दलका सक्रिय पुरुष तथा महिला कार्यक्रताहरु घरको खेतीपाती छोडेर आफनो पार्टीको प्रचार प्रशार गर्न घरघरमा डुल्न थालेका छन् । ‘शहर बजार भन्दा गाउँँबस्तीमा चुनावी माहोल तातेको’ का“ग्रेस पार्टी सभापति खडगबहादुर शाही बताउँछन् ।

ग्रामिण भेगका होटल पसलहरुमा चुनावले गर्दा ब्यापार ब्याबसाय बृद्धि भएको छ । गाउँँ गाउँँमा का“ग्रेस एमाले माओबादीका झण्डा बाक्लो देखिन थालेका छन् ।
ज्यालादारी कामको निम्ति गत मंसिरमा भारत तर्फ गएका गाउँँबस्तीका युवाबर्गहरु स्थानीयबासी भोट हाल्न धमाधम घर फर्किन थालेका छन् । बेरोजगारी समस्याका कारण दशैं तिहार जस्ता पर्व सकिएपछि यस क्षेत्रका युवा र कामगर्न सक्ने उमेरका पुरुषहरु मुग्लान (भारत) जाने गर्दछन् । २० बर्षपछि हुन लागेको चुनावका लागि गाउँ फर्किएको उनीहरु बताउँछन् ।