०५ साउन २०८३, मंगलबार

स्यानिटाइजर भन्ठानेर हातमा तातो कफी खन्याएपछि... (भिडियो)

चैत १४, २०७६
स्यानिटाइजर भन्ठानेर हातमा तातो कफी खन्याएपछि... (भिडियो)

ब्राजिलको परनामा एकजना मानिसले पसलमा ह्यान्ड स्यानिटाइजर भन्ठानेर कफीको मशिनमा थिच्दा हात पोलेका छन् ।

पसलको सीसीटीभी क्यामरामा कैद भएको दृश्यमा ती व्यक्तिले भूलवश हात पोलेको देखिएको हो । 

पसलभित्र गएपछि ती मानिस सीधै डिस्पेन्सरमुनि हात राख्न पुगेका थिए । कोरोनाभाइरसको संक्रमण फैलिँदे जाँदा आजकल मानिसहरू स्यानिटाइजर बाक्लै प्रयोग गर्न थालेका छन् । 

तर त्यो खासमा कफी डिस्पेन्सर थियो र ती व्यक्तिको हातमा तात्तातो कफी पर्न गयो । 

तातो कफी परेपछि उनले हात झट्कारेको अनि टाउको हल्लाउँदै कसैले देख्यो कि भनी यताउता हेरेको देखिन्छ । 

यो भूलले ती व्यक्तिलाई अलिकति लज्जित तुल्याएको भए पनि उनको उद्देश्य चाहिँ सही थियो । 

विश्व स्वास्थ्य संगठनले मानिसहरूलाई नियमित रूपमा साबुनपानी वा अल्कोहल भएको स्यानिटाइजरले हात धोएर कोरोनाभाइरसको संक्रमण रोक्न सकिन्छ भनी सुझाव दिइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्