०७ साउन २०८३, बिहीबार

रुसमा कोरोनाभाइरसको संक्रमण बढेपछि १६ अस्पताल धमाधम बनाइँदै

चैत १४, २०७६
रुसमा कोरोनाभाइरसको संक्रमण बढेपछि १६ अस्पताल धमाधम बनाइँदै

रुसमा कोरोनाभाइरसको संक्रमण ह्वात्तै बढ्ने चेतावनी दिइएसँगै रुसी सेनाले १६ वटा आकस्मिक अस्पतालहरू धमाधम बनाइरहेको छ । 

तीन हजार सैनिकहरू अहोरात्र खटेर अस्पताल बनाइरहेका छन् । अस्पतालहरू बनेपछि १६ सयजना रोगीलाई उपचार गर्न मिल्छ । 

रुसमा अहिले कोरोनाभाइरसका ८४० केस मात्र पुष्टि भएका छन् तर संक्रमणको दर बढ्न थालेको देखिएको छ । 

यसैबीच मस्कोले क्याफे, पसल, पार्क र अत्यावश्यकबाहेकका अन्य सेवाहरू शनिवारदेखि लागू हुने गरी बन्द गरिने घोषणा गरेको छ । भाइरस फैलिनबाट रोक्नका लागि यो अभूतपूर्व कदम चालिएको हो । 

राष्ट्रपति भ्लादिमिर पुटिनले मानिसहरूलाई एक हप्तासम्म घरैमा बस्न भनेका छन् । 

बिहीवार नयाँ अस्पतालहरूको निर्माणको घोषणा गर्दै रक्षामन्त्री सर्गे शोइगुलेले तीमध्ये आधा अप्रिलको मध्यसम्ममा अनि बाँकी आधा चाहिँ मे १५ सम्ममा तयार भइसक्ने बताए । 
 

कमेन्ट गर्नुहोस्