१३ असार २०८३, शनिबार

बेलायतका प्रधानमन्त्री जोनसनलाई लाग्यो कोरोनाभाइरस

चैत १४, २०७६
बेलायतका प्रधानमन्त्री जोनसनलाई लाग्यो कोरोनाभाइरस

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोभिड–१९ लागेको छ । उनलाई कोरोनाको हलुका लक्षण देखिएको हो । 

एउटा ट्वीट गरेर प्रधानमन्त्री जोनसनले एकान्तवासमा बसेको तर भिडियो कन्फरेन्समार्फत सरकारको नेतृत्व गर्दै कोरोनाविरुद्धको लडाइँ जारी राख्ने बताए । 

‘ममा कोरोनाभाइरसका हलुका लक्षण देखिएका छन् अर्थात् तापक्रम बढेको छ र लगातार खोकी लागिरहेको छ । प्रमुख स्वास्थ्य अधिकारीको सल्लाहबमोजिम मैले स्वास्थ्य परीक्षण गराएँ । त्यसमा कोरोना देखियो,’ जोनसनले ट्वीटमा राखिएको भिडियोमा भने ।

जोनसनले कोभिड–१९ महाव्याधि रोक्नका लागि नेसनल हेल्थ सर्भिस, प्रहरी र सामाजिक कार्यकर्ताहरूले गरेको प्रयासको प्रशंसा गरे अनि सहयोगका लागि स्वयं अघि सर्ने ६ लाखजनालाई धन्यवाद पनि दिए । 

salt training

कमेन्ट गर्नुहोस्