२६ असार २०८३, शुक्रबार

दुबईबाट दिल्ली हुँदै आएका थिए धनगढीका कोरोना संक्रमित, सँगै आएका व्यक्ति झापाका साथी

चैत १४, २०७६
दुबईबाट दिल्ली हुँदै आएका थिए धनगढीका कोरोना संक्रमित, सँगै आएका व्यक्ति झापाका साथी

सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा रहेका कोरोना भाइरस संक्रमित व्यक्ति एक साता अघि दुबईबाट दिल्ली हुँदै नेपाल आएको खुलेको छ।

फ्लाईट ईमरेट्सको ईके ०१५० नम्बरको उडानबाट चैत ६ गते दुबईबाट दिल्ली आएका उनी त्यहाँबाट ७ गते शुक्रबार काठमाडौँ पुगेका थिए।

काठमाडौँबाट धनगढीको सोझो टिकट नपाएपछि उनले विमानस्थलमा रहेको बुद्ध काउण्टरबाट टिकट काटेका थिए।

दिउसो १२ बजेको बुद्ध एयरको नियमित उडानबाट नेपालगञ्ज झरेका उनी त्यहाँबाट बस चढेर धनगढी आएको बताइएको छ। 

उनीसँगै दुबईबाट झापाका उनका साथी पनि सँगै एउटै उडानबाट नेपाल आएका थिए।

कोरोनाको लक्षण देखिएपछि उनी काठमाडौँ आएको तीन दिनपछि चैत ११ गते सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेका थिए। त्यही दिनदेखि उनी सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएका थिए।

आईसोलेसनमा राखिएपछि उनको थ्रोट स्वावको नमूना परीक्षणका लागि काठमाण्डौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।  उनको थ्रोट स्वावको नमूनाको रिपोर्ट पोजिटिभ आएको खबर शुक्रबार सार्वजनिक भएको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर हसनपुरका ३४ वर्षीय व्यक्तिमा कोरोनाको संक्रमण पाइएपछि प्रहरीले उनका परिवारका सबै व्यक्तिलाई आइसोलेसनमा राख्ने भएको छ।

उपत्यका बाहिर कोरोना संक्रमित देखिएको पहिलो केस हो भने  नेपालमा कोरोनाको संक्रमित भेटिएको यो चौथो केस हो ।
 

salt training

कमेन्ट गर्नुहोस्