
नेपाल शिक्षक महासंघले विद्यालय शिक्षक र कर्मचारीलाई आफ्नो न्यूनतम् १ दिन बराबरको तलब सुविधा दिन आह्वान गरेको छ ।
महासंघका अध्यक्ष बाबुराम थापाले संकलित रकम सरकारलाई हस्तान्तरण गर्ने जनाउँदै कोरोना भाइरसबाट बच्न र बचाउन सबैमा आग्रह पनि गरे ।
उनले सरकारले जारी गरेको लक–डाउनमा समर्थन जनाउन पनि आग्रह गरे ।