
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले न्युयोर्कभरि अनि न्यु जर्सी र कनेक्टिकटका केही भागमा क्षेत्रीय क्वारेन्टाइन लगाउनु जरूरी नभएको बताएका छन् ।
पहिला उनले ती क्षेत्रमा क्वारेन्टाइन लगाउने प्रस्ताव राख्दा न्युयोर्कका गभर्नर एन्ड्रु कुओमोले आक्रोश प्रकट गरेका थिए ।
त्यसपछि ट्रम्पले क्वारेन्टाइन आवश्यक नभएको भन्दै सेन्टर फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनलाई उक्त क्षेत्रमा नजानू भनी कठोर चेतावनी दिन भनेको बताए । त्यसपछि सीडीसीले यात्रा नगर्न चेतावनी दिएको छ ।
कोरोनाभाइरसका कारण अमेरिकामा २२ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । न्युयोर्क सबभन्दा बढी प्रभावित छ ।