२६ असार २०८३, शुक्रबार

कोरोनाका कारण पश्चिम युरोपमा सामाजिक अशान्ति आउने रेडक्रस प्रमुखको चेतावनी

चैत १६, २०७६
कोरोनाका कारण पश्चिम युरोपमा सामाजिक अशान्ति आउने रेडक्रस प्रमुखको चेतावनी

कोरोनाभाइरस संकटका कारण आयमा अवरोध आएकाले युरोपका ठूला शहरमा बस्ने गरीबहरूमाझ सामाजिक अशान्ति छाउन सक्ने रेडक्रसका प्रमुखले चेतावनी दिएका छन् । 

संयुक्त राष्ट्रसंघको एक न्युज ब्रीफिङमा बोल्दै फ्रान्सेस्का रोच्चाले भने, ‘धेरै मानिसहरू सीमान्तीकृत अवस्थामा छन् जसलाई समाजको ब्ल्याक होल भन्ने गरिन्छ । ठूला शहरका बदनाम टोलहरूमा केही हप्तापछि सामाजिक समस्या देखिन थाल्ने डर छ ।’

‘यो यस्तो सामाजिक बम हो जुन कुनै पनि बेलामा विस्फोट हुन सक्छ किनकि गरीबहरूको आयस्रोत बन्द भएको छ ।’

पश्चिमी मुलुका ठूला शहरमा यी समस्याहरू केही हप्तामा देखिने उनको भनाइ छ । 

रोच्चाले इटलीको कोदोग्नो, बेर्गामो, ब्रेसिया र लोदीको भ्रमण गरेर यो निष्कर्ष निकालेका हुन् । 

केही मानिसहरू यताउता काम गरेर २० देखि २५ युरो कमाउँछन् र उनीहरू सामाजिक सहायता कार्यक्रमबाट बाहिरै हुन्छन्, रोच्चाले भने । 

इटलीमा रोच्चाले मेयरहरूलाई अनि एक लाख ८० हजार रेडक्रस स्वयंसेवकहरूलाई भेटेका थिए । स्वयंसेवकहरू घरैमा थुनिएका वृद्धहरूलाई भेट्छन्, उनीहरूका लागि खानेकुरा किन्छन् र औषधिपसलबाट औषधि किन्छन् । 

अन्तर्राष्ट्रिय रेडक्रसमा १९२ देशका एक करोड ४० लाख स्वयंसेवकहरू आबद्ध छन् । कोरोनाभाइरसको लडाइँमा जोखिममा परेका समूहहरूलाई सहायता गर्नका लागि रेडक्रसले बिहीवार ८० करोड स्विस फ्र्यांकको सहयोगका लागि अपील गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्