०८ असार २०८३, सोमबार

कोरोनाको परीक्षण नेगेटिभ आएपछि आइसोलेसनमा राखिएका १५ जना डिस्चार्ज

कोरोनाको परीक्षण नेगेटिभ आएपछि आइसोलेसनमा राखिएका १५ जना डिस्चार्ज

सेती प्रादेशिक अस्पताल धनगढीमा कोराना भाइरस (कोभिड १९)को आशंका गरिएकामध्ये हालसम्म १५ जना बिरामी डिस्चार्ज भएका छन् ।

अस्पतालले आइतबार एक सूचना जारी गर्दै उपचारपछि १५ जनालाई डिस्चार्ज गरेको जनाएको हो ।

जारी सूचना अनुसार अस्पतालमा हालसम्म २१ जना बिरामी भर्ना भएका थिए । जसमध्ये १९ जनाको थ्रोट स्वाव नमूना जाँचको लागि पठाइएको थियो ।

१९ जना मध्ये १ जनाको पोजिटिभ रिपोर्ट आएको छ । भने १५ जनाको नेगेटिभ र ३ जनाको रिपार्ट आउन बाँकी रहेको छ ।

यस्तै ६ जना विरामीहरुलाई आइसोलेसन वार्डमा राखिएको अस्पतालले जनाएको हो । यसैबीच शंकास्पद बिरामीहरुको संख्या बढ्दै गएपछि अस्पतालले आइसोलेसन कक्षमा वाईफाई सुविधासहित व्यवस्थापन गर्दै गएको छ ।

salt training

कमेन्ट गर्नुहोस्