१४ असार २०८३, आइतबार

चिनियाँ राष्ट्रपतिलाई प्रचण्डको पत्रः कोरोना नियन्त्रणमा सहयोगको अपेक्षा

चिनियाँ राष्ट्रपतिलाई प्रचण्डको पत्रः कोरोना नियन्त्रणमा सहयोगको अपेक्षा

पूर्वप्रधानमन्त्री एवं सत्तासिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र लेख्दै कोरोना भाइरस रोकथाममा प्राप्त गरेको सफलताका लागि बधाइ दिएका छन्।

चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस नेपालमा समेत देखा परेका बेला प्रचण्डले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच राम्रो सम्बन्ध रहेको उल्लेख गरेका छन्। 

उनले कोरोनाको सम्भावित जोखिम टार्न नेपालले पनि काम गरिरहेको स्मरण गराएका छन्। यो जोखिम कम गर्नका लागि चिनियाँ सरकार र जनताको सहयोगको अपेक्षा पनि प्रचण्डले गरेका छन्। प्रचण्डले  नेपालका लागि आवश्यक मेडिकल सामग्रीलगायत चीनबाट प्राप्त हुने विश्वाससमेत व्यक्त गरेका छन्ं।

salt training

कमेन्ट गर्नुहोस्