
काठमाडौं, ८ वैशाख — रुसले आफूसँग भएको एक बमले अमेरिकी जलसेनालाई पूरै ध्वस्त गर्न सक्ने दाबी गरेको छ ।

सरकार नियन्त्रित रुसी मिडियाको रिपोर्ट अनुसार इलेक्ट्रोनिक बलमे लडाकु विमान, युद्धपोत र क्षेप्यास्त्रहरूलाई ध्वस्त गर्न सकिन्छ । न्युजरीडर पत्रिकाको रिपोर्टमा लेखिएको छ, ‘आज हाम्रा रुसी विद्युतीय सैनिक उपकरणहरूले शत्रुका कुनै पनि हतियार चिन्न सक्छन् र कुनै पनि लक्ष्यलाई एकैचोटिमा ध्वस्त पार्न सक्छन् ।’
रिपोर्टमा गरिएको दाबीअनुसार कृष्णसागरमा एक रुसी लडाकु विमान अमेरिकाको विध्वंसक युएस डोनाल्ड कूकमाथि धेरैचोटि उडिसकेको छ र त्यसको प्रणालीलाई बेकार बनाउन सफल भएको छ । आफ्नो आधारइलाकामा विद्युतीय जामर लगाएर शत्रुको राडरबाट बिलाउन पनि सक्षम भएको रिपोर्टमा उल्लेख छ ।
रुसको यो प्रविधिले अमेरिकाका विद्युतीय प्रणालीलाई पूरै विफल बनाउन सक्नै तागत राख्ने पनि रिपोर्टमा लेखिएको छ ।
एजेन्सी