
पूर्वसांसद तथा उद्यमी विमल केडियाको संयोजकत्वमा असहाय, अपाङ्गता भएका र विपन्न ७० परिवारलाई १५ दिनसम्म पुग्ने खाद्यान्न वितरण गरिएको छ ।
काठमाडौं महानगरपालिका– १६ भृकुटीचोकमा रहेका ३५ परिवार दृष्टिविहीन र ललितपुरको गोदावरी नगरपालिको गोदामचौर, लेले, टीकाभैरव र चापागाउँमा ३५ परिवारलाई गरी ७० परिवारलाई दैनिक उपभोग्य वस्तु सहितको राहत वितरण गरिएको हो ।
उक्त क्षेत्रमा रहेका दृष्टिविहीनलोई स्थातीय तहका वडाध्यक्षसँगको सहकार्यमा राहत वितरण गरिएको संयोजक केडियाले बताए ।
‘स्थानीय वडाध्यक्षको सहकार्यमा त्यहाँ रहेका दृष्टिविहीनलाई हामीले १५ दिनलाई पुग्ने खाद्यन्न उपलब्ध गराएका छौं,’ केडियाले भने।
कोरोनाभाइरसको संक्रमण फैलिन नदिन देशैभर ‘लकडाउन’ गरिएपछि असहाय, अपांगता भएका व्यक्ति र विपन्न परिवारका सदस्यलाई १५ दिन खान पुग्ने दाल, चामल, तेल, नुन, चिउरा, साबुन लगायतका दैनिक उपभोग्य वस्तुहरू रवि शंकरद्वारा स्थापित ‘द आर्ट अफ लिभिङ इन्टरनेसनल अन्तर्गतको द आर्ट अफ लिभिङ नेपाल च्याप्टरका अध्यक्ष सिद्धेश्वरकुमार सिंहको क्रियाशिलतामा वितरण गरिएको हो ।
उपत्यकालगायत देशका अन्य स्थानहरूबाट पनि कतै २ सय परिवार कतै ३ सय परिवार अशक्त र अपाङ्गता भएका व्यक्ति रहेको भन्ने खबर आइरहेको र उनीहरूलाई पनि राहत वितरण गर्ने संयोजक केडियाले बताए ।
पहिलो चरणमा संस्थाले काठमाडौं उपत्यकामा ४ हजार परिवारलाई स्थानीय तहको समन्वयमा खाद्यान्न वितरण गर्न लागेको छ ।



