१९ असार २०८३, शुक्रबार

आँखाभरि आँसु पार्दै गर्भवती महिला २०० किलोमिटर टाढाको घर पैदलै पुगिन्

चैत १८, २०७६
आँखाभरि आँसु पार्दै गर्भवती महिला २०० किलोमिटर टाढाको घर पैदलै पुगिन्

भारतमा लकडाउन (बन्दाबन्दी) का बेलामा मजदूरहरू पलायन हुनुपर्दा अनेकौं पीडाकष्ट भोग्नुपरेको छ । 

त्यसैक्रममा आठ महिनाको गर्भका साथ एक मजदूर नोयडाबाट आफ्ना पतिका साथ २०० किलोमिटर पर रहेको गाउँ जालौन पैदलै पुगिन् ।

यात्राका क्रममा उनलाई बेस्सरी पेट दुख्यो । आइतवार जालौनको औंता गाउँ पुगेपछि आफ्नो परिवारलाई देख्नेबित्तिकै उनी ग्वाँग्वाँ रुन थालिन् । 

महिला र उनका पति नोयडामा विगत पाँच वर्षदेखि भवन निर्माण काममा मजदूरी गरिरहेका थिए । 

आठ महिनाको गर्भ भएकी अंजु देवी दुई दिन दुई रात पैदल हिँडेर गाउँ पुगेकी हुन् । गाउँ पुगेपछि अंजुका पति अशोकले उनलाई सामुदायिक स्वास्थ्य केन्द्र लगे र चेकअप गराए । 

चिकित्सकहरूले थर्मल स्क्रीनिङ गर्दा पति र पत्नी दुवै स्वस्थ भएको पाए । तर १४ दिनका लागि उनीहरू सेल्फ क्वारेन्टाइनमा बस्नेछन् । 

अशोकको गाउँमा कुनै जमीन छैन । उनी नोयडामा निर्माण मजदूर हुन् । पत्नीसँग २०० किलोमिटर हिँडेर उनी उरई पुगे । त्यहाँ एउटा लोडरमा बसेर उनीहरू राठ पुगे ।

अंजुको घरका मानिस उनी घर पुगेपछि खुशी भए । उनीले लगातार उनीसँग फोन सम्पर्क गरिरहेका थिए र सुरक्षाका लागि भगवानसँग प्रार्थना पनि गरिरहेका थिए । 

अन्जु भन्छिन्, ‘म जन्मिन लागेको बच्चाका विषयमा चिन्तित थिएँ तर अहिले गाउँ आइपुगेर खुशी छु । ठेकेदारले पैसा दिन ढिला गरेकाले हामीहरू छिट्टै आउन पाएनौं ।’

बुधवार उनीहरू नोयडाबाट हिँड्दा पुरी तरकारी लिएर हिँडेका थिए । त्यो त्यही राति सकियो । त्यसपछि राजमार्गमा केही मानिसले खाना र पानी दिएको अशोकले बताए ।

salt training

कमेन्ट गर्नुहोस्