१० साउन २०८३, आइतबार

एनआईसी एशिया बैंकका ग्राहकले फुडमान्डु अनलाइनबाट खाद्यान्न किन्दा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकले फुडमान्डु अनलाइनबाट खाद्यान्न किन्दा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकले फुडमान्डु अनलाइनबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा१० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउने भएका छन्। यो योजनाका लागि एनआईसी एशिया बैंक र फुडमान्डुबीच समझदारी भएको मंगलबार बैंकले विज्ञप्ति जारी गरेर जनाएको छ। 

 उक्त बैंकका ग्राहकले चैत १८ गतेदेखि २६ गतेसम्म फुडमान्डुडटकमबाट खाद्यान्नसहितका सामान अनलाइन खरिद गर्नुपर्ने हुन्छ।

एनआईसीका नायब प्रमुख सूचना अधिकारी अर्जुनराज खानियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले भीडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यम प्रयोग गरी ग्राहकलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरुप बैंकले यस्तो योजना ल्याएको हो।’ 

salt training

कमेन्ट गर्नुहोस्