
काठमाडौं, ९ बैशाख–इन्टरनेट सेवाप्रदायक वल्र्डलिंकले ग्राहकलाई सस्तोमाफाइबर इन्टरनेट उपलब्ध गराउननयाँ योजना ल्याएको छ ।
कम्पनीले नयाँ बर्ष लागेसँगै ५ एमविपिएस गतिको अनलिमिटेड इन्टरनेट १ हजार ३ सय ५० रुपैयाँमै उपलब्ध गराउने भएको छ । यस्तै १० एमविपिएस गतिको अनलिमिटेड इन्टरनेट १ हजार ६ सय रुपैयाँमाउपलब्ध गराउने छ ।
कम्पनीले भोलुम बेस २५ एमबिपिएस र ५० एमबिपिएस इन्टरनेट लिनेहरुलाई थपभोलुम इन्टरनेट उपलब्ध गराउने भएको छ ।
वल्र्डलिंकका अनुसार साना कार्यालय र होटलहरुका लागि उपयुक्त ३ एमविपिएस गतिको इन्टरनेट २ हजार रुपैयाँमै उपलब्ध गराइने छ ।
यस्तै मध्यम खालका कार्यालय र होटलहरुका लागि उपयुक्त ६ एमविपिएस गतिको अनलिमिटेड इन्टरनेट ३ हजार ४ सय ५० रुपैयाँमै उपलब्ध गराउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले यी सबै योजनामान्युनतमशुल्कजोडेर इन्टरनेट प्रोटोकल (आइपी) टिभीसमेत उपलब्ध गराउने जनाएको छ ।
वल्र्डलिंकले २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवासमेत प्रदानगर्दै आएको छ । कम्पनीकादेशभर ८० हजारभन्दा बढी ग्राहक छन् ।